भारतीय प्रधानमन्त्री मोदी के फेरि नेपाल आउँदैछन्?

डिसी नेपाल
२२ मंसिर २०७६ १९:१६

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा तीन पटक नेपाल आए। हाल उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छन्। केही महिना अघि मोदीले नेपाल भ्रमण गर्न लागेको हल्लाहरु चले। तर, उनी नेपाल भ्रमणमा भने आइसकेका छैनन्।

यहीचमा नेपाल सरकारका एक मन्त्रीले मोदीको नेपाल भ्रमणबारे सांकेतिक कुरा गरेका छन्। स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन्।

गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपत क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न आउने अपेक्षा गरे। उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए। उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिकहरु नेपाल आउने गरेको बताए।

‘घर–घर श्रीमदभागवद्गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आइतबार गीता जयन्ती मनाइएको हो । भारतले भागवत गीता र योगलाई विश्वभरी फैलाउन सद्भावना दुतहरु बनाएर पठाउने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *