नेपालमा कागजी मानवअधिकार मात्र रहेको छ : अध्यक्ष शर्मा

डिसी नेपाल
२२ मंसिर २०७६ २०:२१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताएका छन् । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नयाँ संबिधान बने पनि काम कागजमा सिमित भएको बताएका हुन् ।

नयाँ संविधान अनुकुल बनेका नयाँ कानुनमा मानव अधिकारका धेरै सकारात्मक बिषय भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए । अध्यक्षले शर्माले भने ‘दण्डहीनता बढेको छ, महिला माथिको हिंशा बढेको छ, प्रहरीको तथ्यांक भन्छ अपराध बढेको छ यसले के देखाऊछ भने सरकार अपराध नियन्त्रण गर्न असफलता उन्मुख छ’ ।

अध्यक्ष शर्माले देश संघात्मक संरचनामा गए पनि, सरकार एकात्मक नै रहेको बताए । सरकारको प्रतिबद्धता, नयाँ संबिधान र कानुन बलियो हुँदा पनि अबस्थामा परिवर्तन नहुदा नेपालको मानव अधिकार कागजमामात्र भएको उनले बताए ।

कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईले संक्रमणकालिन न्याय टुंगोमा पुर्याउन सरकार र राजनैतिक दल नै अनिच्छुक रहेको आरोप लगाएका छन् । सरकार सर्वोच्च अदालतले गरेको आदेश मान्न पनि तयार नभएको आरोप लगाएका छन् ।

भेलामा मानव अधिकारमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरुको सहभागिता रहेको छ । देश भरिबाट भेला भएका मानव अधिकार कर्मिहरुले देशमा मानव अधिकार, शान्ति र लोकतन्त्रको अवस्थाको बारेमा अन्तरक्रिया गर्दै काठमाण्डौ घोषणा पत्र जारी गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *