तीन वटै सरकारबीच समन्वय आवश्यक : कृषिमन्त्री भुसाल

डिसी नेपाल
२२ मंसिर २०७६ २०:२८

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले तीन वटै तहका सरकारबीच समन्वय हुन नसक्दा कृषिका योजनाहरु प्रभावित भएको बताएका छन् । सिंहदरबार स्थित मन्त्रालयमा आइतबार पत्रकारहरुसँग कुरागर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय नहुँदा कृषिका योजनाहरु कार्यान्वयन गर्न नसकिएको बताउका हुन् ।

त्यसका लागि प्रदेश सरकारका कृषि मन्त्रीहरुसँग आइतबार मन्त्रालयमा छलफल गरिरहेको समेत उनले बताए । उनले तीन वटै तहका सरकारबीच समन्वय स्थापित गर्न संयन्त्र बनाई काम गर्ने सम्भावना रहेको समेत बताए । कृषिको व्यवसायीक विकास बिना मुलुकको समृद्धि र विकास हुन नसक्ने बताउँदै त्यसका लागि पनि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनले बताए ।

यस्त,ै मन्त्री भुसालले आफु मन्त्रालयमा आएदेखि प्रशासनको कामलाई व्यवस्थित बनाउने, सेवालाई प्रभावकारी बनाउने तथा सुशासन स्थापित गरी कृषिका नयाँ नीतिहरुलाई अगाडी सार्ने विषयमा ध्यान दिएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *