द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति

डिसी नेपाल
२२ मंसिर २०७६ २१:४२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारील द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छन् । राष्ट्रपति भवन, शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगकोे आर्थिक वर्ष २०७५÷७६को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनल् संसद्मा दर्ता भएको आयोगको संशोधन विधेयकका सम्बन्धमा आयोगले सरकारलाई आवश्यक सुझाव दिनुपर्ने विचार गरिन्।

राष्ट्रपति भण्डारीले आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संसद्मा पेश गरिने जानकारी दिँदै मानवअधिकारको सम्मान र संरक्षण गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको बताइन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष अनुपराज शर्माले देशमा दण्डहीनताको अवस्था अन्त्य नभएको र आयोगका सबै सिफारिस कार्यान्वयन भइनसकेको बताएका छन् । कानूनी अपर्याप्तताले चुनौतीका बीच आयोगले संविधान, ऐन र रणनीतिक योजनामा केन्द्रित भई विगतबाट अनुभव हासिल गर्दै आफ्ना कामकारवाहीलाई समयानुकूल अगाडि बढाइरहेको उनले बताए।

“सङ्घीय संरचनाअनुसार आयोगले निर्धारण गरेको आयोगको साङ्गठनिक संरचना करीब डेढ वर्षदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ, राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न ल्याइएको विधेयकले आयोगको स्वतन्त्रता र स्वायत्ततालाई सङ्कुचन पार्ने हो कि भन्नेमा हामी चिन्तित छौँ”, उनले भने।

बालविवाह, महिला हिंसा, मानव बेचबिखन यथावत् हुनु, पीडितको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसक्नु, समाजमा जातीय भेदभावको विद्यमानता, स्वास्थ्य सेवामा सबैको पहुँच नहुनुबाट संविधानप्रदत हक अझै सहज रुपमा नागरिकले उपभोग गर्न नसकेको आभास आफूलाई भएको उनले बताए ।

आप्रवासी कामदारमाथि श्रम शोषण, यौन शोषण, नेपालमै हुने ठगी जस्ता कार्यले उनीहरूको मानवाधिकारको अवस्था सहज भन्न सकिने अवस्था नरहेको बताउँदै शर्माले सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यकलगायत राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । विस्तृत शान्ति सम्झौतामार्फत शुरू भएको शान्ति–प्रक्रियाले १३ वर्ष पार गरिसक्दा पनि द्वन्द्वपीडितले न्याय अझै पाउन नसक्नु दुःखद् पक्ष भएको उनले बताए ।

चालू आवमा आयोगले गरेको मानवाधिकारको संरक्षण र संवद्र्धनात्मकलगायत काम सक्रियताका साथ सम्पादन गरेको बताउँदै उनले यस अवधिमा आयोगमा २ सय ३२ उजुरी दर्ता भएको, पुराना र नयाँ गरी ६ सय उजुरीमाथि अनुसन्धान पूरा भएको, मानवाधिकार उल्लङ्घन भएनभएको निक्र्योल गर्न २ सय ७७ पटक अनुगमन भएको तथा निर्णय र सिफारिश ८ सय २५ वटामा भएको जानकारी समेत दिए।

उनले आयोगबाट ‘सबैका लागि घरघरमा मानवअधिकारः शान्ति र विकासको आधार’ भन्ने आह्वान साकार पार्न मानवअधिकार प्रबद्र्धनलाई विशेष प्राथमिकतामा राखी २ सय १९ सम्बद्र्धनसम्बन्धी कार्यक्रम आयोजना भएको बताए । त्यस अवसरमा राष्ट्रपति कार्यालयका साथै आयोगका सदस्य, सचिव तथा निर्देशकको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *