उपनिर्वाचनले सरकारको अनुमोदन गर्‍यो : नेता अधिकारी

डिसी नेपाल
२३ मंसिर २०७६ ६:१६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचनमार्फत जनताले तीनै तहका सरकारको कामलाई जनताले अनुमोदन गरेको बताएका छन् ।

नेकपा कास्की निर्वाचन क्षेत्र नं २ उपनिर्वाचन परिचालन कमिटीद्वारा आज यहाँ आयोजित धन्यवाद ज्ञापन तथा चियापान कार्यक्रममा उहाँले पार्टीको एकताबद्ध प्रयासबाट विजय हासिल गर्न सफल भएको बताए ।

निर्वाचनमा विकास प्रेमी नेता स्व रवीन्द्र अधिकारीको सम्मान र पार्टी उम्मेदवार विद्या भट्टराई अधिकारीप्रतिको भरोसाका कारण विजयी हासिल भएको उल्लेख गर्दै उनले यस क्षेत्रको विकास निर्माणमा थप जिम्मेवारी थपिएको धारणा राखे ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले उपयुक्त उम्मेदवार मौलिकता तथा नीतिका आधारमा मतदाता र पार्टी कार्यकर्ता परिचालन भएका कारण निर्वाचनमा सानदार विजय भएको बताए ।

नवनिर्वाचित सांसद भट्टराईले निर्वाचनमा विपक्षले लगाएको आरोपको जवाफ मतदाताले दिएको स्मरण गर्दै स्व अधिकारीका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की इन्जार्च राजकाजी गुरुङ, केन्द्रीय सदस्य तथा पोखरा महानगर प्रमुख मानबहादुर जिसी, केन्द्रीय सदस्य तुलबहादुर गुरुङ लगायतले पार्टी र सरकारबीच समन्वय आवश्यक रहेकामा जोड दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *