दोस्रो टी-२० मा भारतमाथि वेस्टइन्डिजको सहज जित, सिरिज १-१ को बराबरी

डिसी नेपाल
२३ मंसिर २०७६ ८:५५

काठमाडौँ । वेस्टइन्डिजले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्टइन्डिजले भारतमाथि ८ विकेटको जित हासिल गरेको हो । भारतले दिएको १७१ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

वेस्टइन्डिजका लागि लेण्डी सिमन्सले सर्वाधिक ६७ रन बनाएका थिए । त्यस्तै एविन लुइसले ४० रन बनाए भने शिमरोन हिटमेयरले २३ तथा निकोलस पुरनले ३८ रन बनाएका थिए । भारतका लागि रविन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । भारतका लागि शिवम दुवेले सर्वाधिक ५४ रन बनाएका थिए भने रिषव पन्तले ३३ रन बनाए । त्यस्तै रोहित शर्माले १५, वीरत कोहलीले १९, केएल राहुलले ११ श्रेयस अय्यरले १०, रविन्द्र जडेजाले ९ रन बनाएका थिए ।

वेस्टइन्डिजका बलर हेडेन वाल्श र केसरिक विलियम्सले २-२ विकेट लिए भने शेल्डन कोट्रेल, जासन होल्डर र खरी पियरेले एक एक विकेट लिए । यो जितपछि ३ खेलको सिरिज वेस्टइन्डिजले १-१ ले बराबरी गरेको छ । अब सिरिजको अन्तिम खेल आगामी बुधबार मुम्बईमा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *