विधेयक ल्याउँदा दिर्घकालीन सोच आवश्यक : मन्त्री त्रिपाठी

डिसी नेपाल
२३ मंसिर २०७६ १७:३७

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले घटना विशेषलाई लिएर सरुवा तथा बढुवा गर्ने गरी विधेयक लयाउन नहुने बताएका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गर्दै मन्त्री त्रिपाठीले घटना वा विशेषलाई समावेस गरी विधेयक ल्याउन नहुने बताएका हुन् । उनले घटना विशेषलाई विधेयकमा राख्दा न्यायोचित व्यवस्था हुन नसक्ने बताए । मन्त्री त्रिपाठीले नयाँ विधेयकमा अहिले प्रचलनमा रहेको कर्मचारी समायोजन विधेयकलाई प्रतिस्थापन गर्ने व्यवस्था गरिनुपर्नेमा समेत जोड दिए । उनले यो विधेयक नहुँदा अहिले पनि १ सय १० पालिकाहरुमा प्रशासकिय प्रमुख नियुक्त गर्न कठिनाई भएको उल्लेख गर्दै विधेयक दिर्घकालिन सोच सहित आउनुपर्ने बताए ।

मन्त्री त्रिपाठीले विधेयकमा सामुहिक राजिनामा आउने अवस्थाको अन्त्य हुनुपर्ने गरी व्यवस्था गर्नुपर्ने समेत बताए । उनले सामुहिक राजिनामा विरोधका लागि मात्र आउने भएकाले त्यसलाई स्विकृत गरियो भने अवस्था गम्भिर हुने तर्फ समेत सोच्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *