प्रचण्ड ‘कार्यकारी’ भएपछि नेकपाले बोलायो एक वर्षपछि स्थायी कमिटी बैठक

डिसी नेपाल
२३ मंसिर २०७६ १७:५५

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी भनिएको अधिकार पाएपछि बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको हो । पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाइएको हो । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि गतवर्ष मंसिर २९ गते बैठक बसेको थियो ।

सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । यसअघि स्थायी कमिटीले गरेको निर्देशन र यसअघिका सविचालय बैठकले गरेका निर्णहरुलाई बल पुग्ने गरि विधान संशोधनको तयारी नेकपाले गरेको हो । संशोधित विधान स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जाने प्रवक्ता श्रेष्ठले बताए।

बैठकले विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्याहरुको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिएको छ ।

बैठकमा संगठन विधागको तर्फबाट कार्ययोजना सम्बन्धि प्रस्ताव प्रस्तुत गरिएको छ । उक्त प्रस्तावका बारेमा सचिवालयका सदस्यहरुले पार्टी अध्यक्षलाई सुझाव पेश गर्ने र संगठन विभागसँग समेत परामर्श गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको उनले बताए।

नेकपाले उपनिर्वाचनको समिक्षा भने अर्को सचिवालय बैठकमा गर्ने भएको छ । प्रवस्ता श्रेष्ठका मंसिर २७ गते बस्ने सचिवालय बैठकमा उपनिर्वाचनको समिक्षा हुनेछ । १८ गते बसेको बैठकले सम्बन्धित कमिटीहरुलाई समिक्षा रिपोर्ट पठाउन निर्देशन दिएपछि केही कमिटीहरुको रिपोर्ट प्राप्त नभएका कारण सोमबार समिक्षा नभएको श्रेष्ठले बताए।

त्यसैगरि केन्द्रीय सल्लाहाकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, जेष्ठ नागरिक मञ्च, केन्दीय आयोग र विभागहरुले ७ दिनभित्र त्यससम्बन्धि प्रस्ताव महासचिव विष्णु पौडेल मार्फत प्रस्तुत गरी सचिवालय बैठकले सवै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको छ ।

श्रेष्ठले सीमा समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई विशेष दुत बनाएर भारत पठाउने जानकारी बैठकमा प्राप्त भएपनि त्यो विषयमा कुनै छलफल नभएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *