मुलुकमा अपराध र दण्डहिनता बढ्यो : अध्यक्ष शर्मा

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताएका छन्।
७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवशरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताएका हुन्।
निर्वाचन सम्पन्न गरि जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि निष्कृय रहनु दुःखद भएको उनले बताका छन्। ‘अहिलेको समय हाँसी ठट्टा गर्ने समय होइन् तर गणतन्त्र महादेवका उच्छृङ्खल गणहरुको गणतन्त्र होकी भन्ने आभास भइरहेको छ’, उनले भने।
मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उनले असन्तुष्टि जनाए।
आचरण नै अधिकारवादीहरुको शक्ति भएको बताउँदै उनले हतियारको नभइ विचारको लडाई लड्ने समेत बताएका छन्।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवशरमा मंगलबार राजधानीमा प्रभातफेरी निकालिएको थियो। भद्रकालीबाट निकालिएको प्रभारतफेरी सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो।
Facebook Comment