साग फुटबलको फाइनलमा नेपालको पहिलो गोल, रंगशालामा सिट खाली छैन (फोटोफिचर)
काठमाडौं। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल चलिरहेको छ। नेपालका अभिषेक रिजालले १७ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।
फुटबल हेर्न पुगेका दर्शकहरुले दशरथ रंगशाला खचाखच भरिएको छ। भुटानले पहिलाे पटक साग अन्तर्गत फुटबलकाे फाइनलमा स्थान बनाएकाे हाे।
प्रतिक्रिया
Facebook Comment