युरोप पठाउने भन्दै नक्कली सिमाना बनाएर ठगी
काठमाडौं। विश्वमा अधिकांश मानिस ठगिने गरेका छन्। कोही मानिस सानो कुरामा ठगिएका होलान् कोहीले सर्वश्व नै गुमाएमा पनि होलान्। तर केही दिन अगाडि रुसमा एक जना यस्तो व्यक्तिलाई पक्राउ गरिएको छ, जसले युरोपियन देशको नक्कली सिमाना बनाएर सर्वसधारणलाई ठगी गरिरहेका थिए।
रुसका अधिकारीले फिनल्याण्ड नजिकै युरोपेली युनियनको नक्कली सीमा बनाएको आरोपमा एक जना युवकलाई पक्राउ गरको छ। उनीमाथि सीमाबाट हजारौं मानिसलाई युरोप जान उक्साएको आरोप लगाइएको छ।
पक्राउ परेका युवकले दक्षिण एशियाका चार जनाबाट ८ हजार ४ सय ३८ पाउण्ड रकम असुलेका थिए। युवक पक्राउ परेपनि उनको पहिचान भने प्रहरीले खुलाएको छैन।
पक्राउ परेका युवकले युरोपका काम लगाइ दिनका लागि सहयोग गर्ने पनि जनाएका थिए। र मानिसहरुलाई फिनल्याण्डको बाटो हुँदै युरोप पठाउने आश्वास दिन गरेका थिए। त्यसका लागि उनले स्क्याण्डेनेवियन सीमा नजिकै नक्कली सीमा चौकी समेत बनाएका थिए।
प्रहरीका अनुसार चारै जना दक्षिण एशियाली र आरोपी युवक रुसको व्यबोर्ग शहरदेखि सीमा पार गर्ने चक्करमा थिए। सो क्रममा चारै जनालाई प्रहरीले सीमाक्षेत्रस्थित जंगलबाट हिरासतमा लिइएको थियो। जिल्ला अदालतले पक्राउ परेका चारै जनालाई जरीवाना लिएर छोडी दिएको छ। रुसमा सीमा उल्लघंन गर्दा अधिकतम ६ वर्षसम्म जेल सजाय हुने प्रावधान छ।
Facebook Comment