१० दिनदेखि बन्द भरतपुर विमानस्थल आजदेखि सुचारु
चितवन । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो।
धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए ।
विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ।
गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ।
भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच–पाँच वटा जहाजले काठमाडौँ र एकरएक वटा जहाजले पोखरा उडान भर्दै आएका छन्।
प्रतिक्रिया
Facebook Comment