तनहुँका पत्रकार पौडेल अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

डिसी नेपाल
२५ मंसिर २०७६ १२:१३

काठमाडौँ । तनहुँका पत्रकार पवन पौडेल अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।

नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा तनहुँका पत्रकार पवन पौडेल अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् ।

श्रृजनशिल युवा मञ्चका अध्यक्ष समेत रहेका पौडेलले कार्यक्रममा दिएको विचार र मिडिया सामग्रीका आधारमा उत्कृष्ट अवार्ड दिएको सम्मेलनको आयोजक युथ टाइमको जुरी समितिकी संयोजक युलिया गतस्ताइनले अवार्ड समारोहमा घोषणा गरिन्।

उनलाई अवार्डका साथमा आगामी सम्मेलनमा सहभागिताको अवसर मिलेको छ ।

विश्वभरका ३५ देशका ६५ सहभागीमध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो।

सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको बारे चर्चा भएको थियो।

सो अवसरमा विश्वभरका युवाका आधुनिक प्रविधिमा आधारित योजना प्रस्तुत गरिनुका साथै केहीलाई आयोजकले अनुदान दिने घोषणा गरेको छ।

पौडेल दमौली एफ.एमका स्टेशन म्यानेजर, दमौली खबरका सम्पादक, अन्नपूर्ण पोष्ट दैनिकका तनहुँ सम्बाददाता एवं नेपाल प्रेस युनियन तनहुँका उपाध्यक्ष समेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *