यता कलेजो तान्यो, उता पासोमा कसियो शरीर, रोकिन थाल्यो सास

नयाँ दिल्ली। यता कलेजो तान्यो, उता खाट हट्यो। खाट हट्ने वित्तिकै घाँटीमा लगाइएको पासो कसियो र पूरा शरीर हावामा झुल्न थाल्यो। खुट्टाको तल जमीन हुँदैन। पासो कसिँदै गयो र सास रोकिँदै गयो। के यही हो फासी? यसरी नै दिइन्छ फासी?
फासी दिइनु भन्दा पहिला के हुन्छ? फासी घरमा के हुन्छ? फासी पछि के हुन्छ? फासी दिँदा को को उपस्थित हुन्छन्। यस्तो कयौं प्रश्न हुन्छन् जसको उत्तर दिने कोशिश हामीले गरेका छौं।
यतिबेला निर्भया बलात्कार काण्डका चार अभियुक्त मुशेक, पवन अक्षय र विनयलाई फासी दिने विषयले भारत भर चर्चा पाएको छ। उनीहरुलाई सर्वोच्च अदालतले नै फासीको सजाय सुनाइसकेको छ।
मृत्युबाट बच्ने उनीहरुको सबै कानुनी उपचारबन्द भइसकेको छ। अब मात्र राष्ट्रपतिले उनीहरुलाई बचाउन सक्छन्, त्यो संभावना निकै कम छ। राष्ट्रपति कार्यालयबाट पनि दया याचिका खारेज हुने संभावना छ। दया याचिना खारेज हुने वित्तिकै यी चारै जनाको नाममा पटियाला हासउस कोर्टका तर्फबाट ब्लयाक वारेन्ट जारी गरिन्छ। ब्लयाक वारेन्ट अर्थात मृत्युदण्ड।
ब्लयाक वारेन्ट जारी हुने वित्तिकै स्वतन्त्र भारतका फासी पाउनेमा उनीहरु ५८ औं, ५९ औं, ६० औं र ६१ औं अपराधी हुनेछन्। भारतको पहिलो फासी महात्मा गान्धीका हत्यारा नाथुराम गोडसेलाई दिइएको थियो। जबकि अन्तिम फासी २०१५ मा याकुब मेमनलाई दिइएको थियो।
भारतीय संचारमाध्यमले निर्भया बलात्कार काण्डका चार जनाको उल्टो गन्ती सुरु भएको बताएका छन्। तिहाड जेलमा विगत सात वर्षदेखि मुशेक, विनय, अक्षय बन्द छन्। जबकि पवन जो अहिलेसम्म मंडोली जेलमा बन्द थिए, उनलाई पनि अहिले तिहाड जेल पठाइएको छ। किनभने मण्डोली जेलमा फासी दिन पाइँदैन।
१९४५ मा तिहाड जेल बनाउन सुरु गरिएको थियो। १३ वर्षपछि १९५८ मा तिहाड जेल तयार भएको थियो। त्यसपछि त्यहाँ कैदी राख्न सुरु गरिएको थियो। अंग्रेजको पालमा तिहाडका नक्शामा फासीको नक्शा पनि बनाइएको थियो। यही नक्शाको आधारमा फासी घर बनाइएको हो। जसलाई अहिले फासी कोठी भनिन्छ। यो फासी कोठी तिहाडको जेल नम्बर तीनमा कैदी राख्ने ठाउँबाट टाढा सुनसान ठाउँमा छ।
Facebook Comment