अवरोध हटेसँगै अब विकासले गतिलिन्छ : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
२५ मंसिर २०७६ २१:५७

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणमा देखिएका अवरोधलाई हटाउने बताए। पोखरा महानगरपालिका–२३ चापाकोटमा शुरु भएको चापाकोट देउराली सामुदायिक घरबास (होमस्टे) सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले विकासका बाधकलाई हटाएर गाउँगाउँसम्म विकास पु¥याउने बताए ।

सरकारले प्रदेशका पाँच लाख ७८ हजार घरमा विद्युतीकरण गर्ने काम थालेको बताउँदै उनले नेपालमा धेरै विद्युत् उत्पादन गर्ने गण्डकी प्रदेश भएको भन्दै सबै घरमा बिजुली पु¥याउन सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर काम थालिसकेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीव पहारीले फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने बताउँदै महानगरपालिकाले फेवाताल बताउन चेकड्याम निमार्णको काम थालेको बताए । पोखराको पर्यटन फेवातालसँग जोडिएकाले फेवातालको संरक्षण र संवद्र्धनमा सबै सरोकारवाला निकायले चासो दिनुपर्नेमा उनको जोड थियो ।

पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले महानगरकै वडा भए पनि त्यस क्षेत्रमा पक्की सडक र पुलको अभावमा स्थानीय जनतालाई अप्ठेरो परेको गुनासो सुनाए । महोत्सव उद्घाटन कार्यक्रममा चापाकोट गाविसका पूर्वअध्यक्ष भेषराज पराजुली, शिवलाल पराजुली, भिटोफका पूर्वअध्यक्ष तारानाथ पहारी, लोकदोहोरी गायक प्रजापति पराजुली लगायतले महोत्सवले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *