नागरिकता संशोधन विधेयकको विरोधमा भारतको पूर्वोत्तर राज्यमा हिंस्रक प्रदर्शन
नयाँ दिल्ली। नागरिकता संशोधन विधेयक संसदको तल्लो सदन लोकसभाबाट पारित भएपनि त्यसको विरोधमा भारतका पूर्वोत्तर राज्यहरुमा प्रदर्शन भएका छन्। असम, त्रिपुरा, अरुणाचल प्रदेश, मणिपुरसमेत पश्चिम बंगालकामा यो नागरिकता संशोधन विधेयको विरोधमा उग्र प्रदर्शनहरु भएका छन्।
डिब्रुगढमा विधान नजिकै विरोध पदर्शन गर्दा प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज गरेको छ। त्यसपछि उग्र प्रदर्शनकारीले मुख्यमन्त्रीको निवासमा ढुंगा प्रहार गरेका छन्।
उता गुवाहाटीमा भापना विधायक प्रशान्तको घरमा प्रदर्शनकारीले आक्रमण गरेका छन्।
योसँगै गुवाहाटीबाट लोकसभा सांसद क्वीन ओझाको घरमा प्रवेश गरेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन्। साथै उनको पुत्लासमेत दहन गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। केन्द्रीय मन्त्री डाक्टर हेमन्त बिस्वा शर्माको घर बाहिर पनि कालो झण्डा देखाएर प्रदर्शनकारीले प्रदर्शन गरेका छन्।
असमको राजधानी दिसपुरमा प्रदर्शनका क्रममा विद्यार्थीले बसमा आगजनी गरेका छन्। असमको छाबुवा, पानितोला रेलवे स्टेशनमा प्रदर्शनकारीले आगो लगाएका छन्। त्यस बाहेक दिब्रुगढ, तिनसुकियाको रेलवे स्टेशनलाई अलर्ट राखिएको छ। असमका १० जिल्लामा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ। जबकि गुवाहाटीमा अनिश्चितकालनि कफ्र्यू लगाइएको छ।
नर्थ ईस्ट स्टुडेन्ट अर्गनाइजेशन (नेसो) को नेतृत्वमा ३० छात्र र बाम संगठनका समर्थन प्राप्त भएको छ। तीन दिनदेखि जारी विरोध प्रदर्शनका कारण परीक्षा रद्द गरिएको छ। प्रदर्शनका कारण २५ भन्दा धेरै रेल रद्द गरिएको छ। सबै उडान पनि रद्द गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
Facebook Comment