पर्ल हार्बरः त्यो कालो दिन जब जापानले २५०० अमेरिकी नागरिकको एउटै चिहान बनाइदियो
काठमाडौं। विश्वको इतिहासमा ७ डिसेम्बरको मिति एउटा ठूलो अन्तर्राष्ट्रिय घटनाको लागि सम्झिइन्छ । यस दिन जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेर अमेरिकालाई ठूलो झट्का दिएको थियो । जापानका लडाकू विमानले एक घण्टाभित्रमै अमेरिकाको आकाशलाई कालो धुवाँले ढाकिदिएको थियो । दोस्रो विश्वयुद्धको क्रममा १९४१ मा जापानले पर्ल हार्बरमा रहेको अमेरिकी नौसैनिक अड्डामा आक्रमण गरेको थियो ।
जापानले त्यो दिन यस्तो हमला गरेको थियो जसको लागि अमेरिका न त तयार थियो न त उसले यतो हमलाको कल्पना गर्न सक्थ्यो । जापानले ७ डिसेम्बर १९४१ आइतबारको दिन बिहान ७ बजेर ४८ मिनेटमा अमेरिकी नौसैनिक अड्डामा आक्रमण गरेको थियो । जापानको निशाना अमेरिकाका इन्धन ट्यांक थिए । यो आक्रमणमा २५०० अमेरिकी मारिएका थिए र यस क्रममा ६ जंगी जहाज, ११२ सैन्य नौका र १६४ लडाकू विमान नष्ट भएका थिए ।
जापानले १ घण्टा १५ मिनेटसम्म पर्ल हार्बरमा बमबारी गरेको थियो । यो यस्तो बमबारी थियो कि पूरै अमेरिका काँपेको थियो । जापानलाई पर्ल हार्बरमा ठूलो संख्यामा अमेरिकी विमान वाहक जहाज भएको लागेको थियो । यो आक्रमणमा सयभन्दा धेरै जापानी सैनिक पनि मारिएका थिए । यसपछि अमेरिका प्रत्यक्ष रुपमा दोस्रो विश्वयुद्धमा सहभागी भएको थियो ।
यो आक्रमण अमेरिका र पूरै विश्वको लागि यसकारण पनि आश्चर्यजनक थियो कि त्यतिबेला वाशिङटनमा जापानी प्रतिनिधि र अमेरिकी विदेशमन्त्रीबीच जापानमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउने विषयमा छलफल चलिरहेको थियो । जापानको चीनमा हस्तक्षेप बढेका कारण जापानमाथि यी प्रतिबन्ध लगाइएको थियो । अमेरिकाका यिनै प्रतिबन्धबाट रुष्ट जापानले अमेरिकाविरुद्ध युद्धको घोषणा गरेको थियो । यद्यपि जापानलाई पर्ल हार्बरमा आक्रमण गर्नु निकै हानिकारक सावित भयो । यो आक्रमणपछि अमेरिकी राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले जापानविरुद्ध युद्धको घोषणा गरेका थिए ।
Facebook Comment