भारतीय दूतावासले ११ वटा साांस्कृति सम्पदाको डिजाइन उपलब्ध गराउने

काठमाडौं। नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ।
भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो। सो सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख डा. अजयकुमार तथा इन्टाचका सदस्य सचिव डा. सी टी मिश्राले हस्ताक्षर गरे।
उक्त कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको बताए।
साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुसार नेपाल साँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर उक्त संस्थाले काम गर्ने छ।
Facebook Comment