बहादुर बालकले आमालाई ठक्कर दिने गाडीमाथि सडकमै यसरी पोखे आक्रोश (भिडियो)
काठमाडौं। चीनमा एक बालक चर्चामा आएका छन् । मानिसहरु उनको बहादुरीको तारिफ गरिरहेका छन् । उनको भिडियो भाइरल भइरहेको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार दक्षिण पश्चिम चीनको चोंगकिंग शहरमा एक आमाले आफ्नो बच्चालाई लिएर सडक पार गरिरहेकी थिइन् । यही बेला एउटा कारले उनीहरु दुवैलाई ठक्कर दिन्छ । आमाछोरा दुवै सडकमा लड्छन् । बालकले आमालाई सहारा दिएर उठाउँछन् त्यपछि ठक्कर दिने कारलाई लात्तीले हान्दै कारका ड्राइभरलाई गाली गर्छन् ।
भीड जम्मा भएपछि कार चालकले नै आमाछोरालाई अस्पताल लिएर जान्छन् । पुलिसका अनुसार यो दुर्घटनामा पूरै जिम्मेवार कार चालक नै हुन् । आमाछोरालाई गम्भीर चोट नलागेको बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment