१५ हजार नागरिकको ज्यान गएपछि अन्ततः जन्मिने भयो संसारकै कान्छो देश

डिसी नेपाल
२६ मंसिर २०७६ १६:०८

काठमाडौं। संसारको नक्सामा थप एक देश थपिने भएको छ। करिब १ दशक लामो हिंसा समाप्त हुने संघारमा उभिएको पपुआ न्यूगिनीको एक प्रान्त बोगनभिले अब छुट्टै देश घोषित हुँदैछ । यहाँ भएको जनमतंग्रहमा यहाँका निवासीले स्वाधीनताको पक्षमा मतदान गरेपछि यो प्रान्त अब छुट्टै देश बन्न लागेको हो ।

रोयटर्सको रिपोर्ट अनुसार जनमतसंग्रहमा १ लाख ८१ हजार ६७ जनाले मतदान गरेकोमा १ लाख ७६ हजार ९ सय २८ जनाले अर्थात करिब ९८ प्रतिशत नागरिकले स्वाधीनताको पक्षमा मतदान गरेका छन् । केवल ३ हजार ४३ जनाले मात्र पपुआ न्यूगिनीमै बस्ने पक्षमा मतदान गरे । करिब १ हजार मत बदर भए । यो टापुको कूल जनसंख्या २ लाख ४९ हजार छ ।

अहिलेको उपलब्धी २० वर्षदेखि जारी त्यो शान्ति प्रक्रियाको हिस्सा हो जो बोगनभिले र पपुआ न्यूगिनीबीच चलेको खुनी गृहयुद्ध १९९८ मा समाप्त भएपछि सुरु भएको थियो । या गृहयुद्धमा करिब १५ हजार जनाको ज्यान गएको थियो । बोगलभिले प्रशान्त महासागरको एक द्विप हो जो अहिलेसम्म पपुआ न्यूगिनीको हिस्सा थियो । २३ नोभेम्बरदेखिसुरु भएको मतदानको परिणाम बुधबार आएको हो । अब यो द्विप नयाँ देश बन्न गइरहेको छ ।

अहिलेसम्म बोगलभिने पपुआ न्यूगिनीको एक प्रान्त थियो तर यहाँका नागरिक भने आफैंलाई स्वतन्त्र मान्थे। यसको नाम १८ औं शताब्दीका फ्रेन्च खोजकर्ताको नाममा राखिएको हो । हुन त बोगनभिलेको स्वतन्त्रताको घोषणा पपुआ न्यूगिनी १९७५ मा स्वतन्त्र हुनुभन्दा पहिल्यै भएको थियो तर पपुआ न्यूगिनी र अस्ट्रेलियाले यो द्विपलाई कहिल्यै स्वतन्त्र मानेका थिएनन् । १९८० को दशकमा बोगलभिलेका विद्रोही र पपुआ न्यूगिनीबीच खुनी संघर्ष चल्यो । यसमा करिब २० हजारको मृत्यु भएको थियो । यो टापु प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ पाइने सुन र तामाको खानीले दशकौंसम्म पपुआ न्यूगिनी निकै समृद्ध रह्यो । यो टापु ९ हजार ३१८ किलोमिटर क्षेत्रमा फैलिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *