संवैधानिक परिषदमा परिवर्तन नगर्न काँग्रेसको चेतावनी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद्को कार्यविधि संशोधन नगर्न सरकारलाई चेतावनी दिएको छ। बिहीबार बसेको पार्टीको बैठकले सरकारले संवैधानिक परिषद्को कार्यविधि संशोधन गर्ने तयारी गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।
काँग्रेसले भनेको छ, ‘संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डीत गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्त माथिनै आघात पु¥याएर प्रकारान्तरले संविधानलाई समाप्त पार्ने कुत्सित मनसायसाथ सरकारले संवैधानिक परिषद् सम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोज्दैछ । मन्त्रिपरिषद्ले केही अघि राष्ट्रपति समक्ष प्रस्तुत गरेको यस सम्बन्धी अध्यादेशले यसको पुष्टी गरेको छ ।
प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिहरुलाई राजनैतिक पूर्वाग्रहका आधारमा लान्छीत गर्ने, झुठ्ठा मुद्दा चलाउने गरी संवैधानिक आयोग जस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यसरी दुराग्रह र वद्नियत राखी कोही कसैमाथि पनि गरिने कुनै पनि प्रकारका गैर संवैधानिक र प्रतिशोधपूर्ण कार्यको प्रतिवाद नेपाली कांग्रेसले गर्ने चेतावनी यो बैठक सरकारलाई दिन चाहन्छ।’
बिहीबार बैठकमा ४१ वटा पार्टीका केन्द्रीय विभाग गठन गर्ने प्रस्ताव समेत पेश भएको छ। यस्तै कार्यकाल सकिएको तरुण दलको म्याद ६ महिनाका लागि थप्ने प्रस्ताव गरिएको छ। नेविसंघबारे भने कुनै निर्णय नभएको पार्टी मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे एजेण्डा राख्न नमानेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बैठक बहिस्कार गरेको थियो।
काँग्रेसको प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा— महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राख्नु भएको थियो । केन्द्रीय सदस्यहरु— बैठकको निर्णय तथा छलफलका प्रस्तावहरु देहाय बमोजिम रहेको छ—
पारित बधाई प्रस्ताव
१ हालै सम्पन्न दक्षिण एशियाली खेलकूदमा स्वर्ण लगायतका विभिन्न पदक प्राप्त गरी विजयी हासिल गरी मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न सफल सबै खेलाडीमा नेपाली कांग्रेस हार्दिक बधाइ ज्ञापन गर्दछ । साथै नेपालको समग्र खेलकूदको प्रगति र खेलाडीहरुको व्यवसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ ।
२ अन्तर्राष्ट्रिय रेडक्रस महासंघको हालै जेनेभामा सम्पन्न बैठकबाट कार्यकारी प्रमुखमा चितवन जिल्ला निवासी नेपाली सामाजिक अभियन्ता जगन चापागाई निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेस हार्दिक बधाइ ज्ञापन गर्दछ ।
पारित शुभकामना प्रस्ताव
३ आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै धान्य पूर्णिमा, उधौली पर्व र योमरीपुन्हि पर्वले सामाजिक सद्भावना वढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै कार्यसमितिको यो बैठक शुभकामना व्यक्त गर्दछ ।
पारित संवैधानिक परिषद् सम्बन्धी प्रस्ताव
४ संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डीत गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्त माथिनै आघात पु¥याएर प्रकारान्तरले संविधानलाई समाप्त पार्ने कुत्सित मनसायसाथ सरकारले संवैधानिक परिषद् सम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोज्दैछ । मन्त्रिपरिषद्ले केही अघि राष्ट्रपति समक्ष प्रस्तुत गरेको यस सम्बन्धी अध्यादेशले यसको पुष्टी गरेको छ ।
प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिहरुलाई राजनैतिक पूर्वाग्रहका आधारमा लान्छीत गर्ने, झुठ्ठा मुद्दा चलाउने गरी संवैधानिक आयोग जस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यसरी दुराग्रह र वद्नियत राखी कोही कसैमाथि पनि गरिने कुनै पनि प्रकारका गैर संवैधानिक र प्रतिशोधपूर्ण कार्यको प्रतिवाद नेपाली कांग्रेसले गर्ने चेतावनी यो बैठक सरकारलाई दिन चाहन्छ ।
५ १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजन सम्बन्धी निर्देशिका कार्यान्वयन कति सम्पन्न भएको र कति बाँकी रहेको सम्बन्धमा ।
९केन्द्रीय निर्वाचन समितिले यस सम्बन्धी जानकारी बैठकमा प्रस्तुत गर्यो ।
बैठकमा छलफलका लागि प्रस्तुत प्रस्तावहरु
६। उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचनको
समीक्षा ।
७ नेपाली कांग्रेसका भ्रातृ संघ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन ।
७ केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जन सम्बन्धी प्रस्ताव ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१)ं (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुर्नगठन गरी यसै विधानको धारा ३७ (२) ले गरेको केन्द्रीय विभागहरुको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थालाई विधानको धारा ५० (५) बमोजिम व्याख्या गरी देहाय बमोजिमका विभागहरुको गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव गरिएको छ ।
केन्द्रीय विभागहरुको नाम
१ सङ्गठन विभाग
२ सूचना, संचार तथा प्रचार विभाग
३ अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४ राज्य प्रशासन विभाग५। आर्थिक नीति तथा योजना विभाग
६ अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग
७ नेपाली जनसम्पर्क समिति समन्वय विभाग
८ संघीय मामिला तथा प्रदेश समन्वय विभाग
९ संसदीय मामिला विभागः
१० संवैधानिक तथा कानुन विभाग
११ स्थानीय तह समन्वय विभाग
१२ महिला विभाग
१३ तरुण विभाग
१४ विद्यार्थी विभाग
१५ जिल्ला सम्पर्क समिति समन्वय विभाग
१६ पेशागत तथा बुद्धिजीवि विभाग
१७ शिक्षा विभाग
१८ स्वास्थ्य विभाग
१९ गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
२० उद्योग व्यापार विभाग
२१ पर्यटन विभाग
२२ निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२३ कृषि तथा किसान विभाग
२४ आदिवासी जनजाती विभाग
२५ खेलकुद विभाग
२६ प्राकृतिक श्रोत विभाग
२७ साहित्य, कला तथा संस्कृति विभाग
२८ श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग
२९ फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग
३० दलित विभाग
३१ द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३२ मुस्लिम विभाग
३३ वन तथा वातावरण विभाग
३४ तराई मधेश विभाग
३५ वित्तिय संस्था तथा सहकारी समन्वय विभाग
३६ पिछडिएको क्षेत्र समन्वय विभाग
३७ विज्ञान तथा प्रविधि विभाग
३८ भूपू सैनिक विभाग
३९ अन्य पार्टी सम्पर्क र समन्वय विभाग
४० शुभेच्छुक संस्था समन्वय विभाग
४१ अन्य भ्रातृ संघ समन्वय विभाग
८ नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदन सम्बन्धी प्रस्ताव ।
९ कालापानी लगायतको सीमा अतिक्रमण सम्बन्धी प्रस्ताव ।
केन्द्रीय कार्यसमितिको मंसिर २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Facebook Comment