समर्थनका लागि अरबी मुलुकहरूलाई सुडानी नेताको आह्वान

डिसी नेपाल
२६ मंसिर २०७६ २१:४१

खार्तुम । सुडानको सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले आफूलाई सहयोग र समर्थन गर्न अरबी देशहरूलाई आग्रह गरेका छन् ।

उनले बिहीबार सबै अरबी मुलुकहरूबाट सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको बताए।

खार्तुममै आयोजना गरिएको अरब देशहरूको प्रसारण संघ (एएसबीयू)को कार्यक्रममा बोल्दै उनले यस्तो बताएको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“हामी सबै दाजुभाइ र साथी हौँ, त्यसैले एकले अर्कालाई सहयोग र समर्थन गर्नुपर्दछ,” उनले सम्बोधनका क्रममा भने ।

उनले अहिले सुडान गम्भीर मोडमा रहेकाले सबै अरबी मुलुकहरूको समर्थनको खाँचो रहेको पनि बताए।

सुडानमा लामोसमयदेखि अन्दोलन र द्वन्द्व भइरहेको छ । सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् ।

यही डिसेम्बर ५ देखि शुरु भएको सङ्घको सम्मेलन १२ तारिखका दिन सकिएको हो । उनले यस संघलाई पनि सक्रिय र नेतृत्वदायी भूमीका खेल्न पनि आह्वान गरे । (रासस÷सिन्ह्वा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *