घाइते अवस्थामा एक अर्काको हात समाइरहेका जोडीलाई चोरहरुले जिउँदै गाडिदिए
काठमाडौं। कारमा अन्तरंग अवस्थामा रहेका एक जोडीलाई गोली हानेर चोरहरुले उनीहरुको एसयुभी कार लिएर फरार भए । यो घटना युक्रेनको गुटिरिवका भन्ने ठाउँमा भएको हो । यो घटनामा स्थानीय अदालतले मुख्य आरोपीलाई आजीवन कारावास र सह आरोपीलाई १२ वर्षको जेल सजाय सुनाएको छ ।
पोल्तावा क्षेत्रीय अदालतमा बताइएअनुसार यो जोडी हप्ताका केही खास दिनमा त्यो ठाउँमा जान्थे । अपराधीहरुलाई यो कुरा थाहा थियो । एक दिन योजनाबद्ध रुपमा अपराधीहरुले उनीहरुमाथि आक्रमण गरेका थिए । रिपोर्टका अनुसार मुख्य आरोपी एन्ड्रिभले मृतक युरीको टाउकोमा गोली हानेका थिए त्यपछि उनकी प्रेमीकासँग आफ्ना सुनका गहना दिन भनेका थिए । जब उनले गहना दिइन् त्यसपछि उनलाई पनि गोली हानियो । घटनापछि आरोपीले कार लिएर गए र आफ्नो ग्यारेजमा लुकाएर राखे ।
यो घटनाको एक वर्षपछि एन्ड्रिभले कारका पार्टपुर्जाहरुलाई अनलाइनमा बेच्ने प्रयास गरे । यही प्रयासका कारण पुलिसले यसबारे जानकारी पायो । डेलीमेलको रिपोर्टअनुसार पुलिस प्रवक्ता रसलन बिरयुकोभले भने कि गोली हानेपछि चोरहरुले जोडीलाई जिउँदै गाडेका थिए । गाड्ने क्रममा प्रेमी प्रेमीका एक अर्काको हात समाइरहेका थिए । जून २०१६ मा भएको घटनाको एक वर्षपछि जब चोरहरुले भक्सवागन एसयूभीका पाटृहरु अलग–अलग बेच्न सुरु गरेपछि उनीहरुको अपराध उजागर भएको थियो । पुलिले ३६ वर्षका रसलन क्लेमेन्चुक र ३९ वर्षका गेन्नेडी एन्ड्रिभलाई गिरफ्तार गरेको थियो । अदालतले गत हप्ता गेन्नेडी एन्ड्रिभलाई आजीवन कारावास र क्लेमेन्चुकलाई १२ वर्षको जेल सजाय सुनाएको हो ।
Facebook Comment