प्याज किन्न लाइनमा बसेका उपभोक्ताको लाइनमै मृत्यु

डिसी नेपाल
२७ मंसिर २०७६ ८:२७

काठमाडौं। प्याजको मूल्य आकाशिएका बेला सरकारले उपलब्ध गराएको सस्तो प्याज किन्न लाइनमा बसेका एक उपभोक्ताको मृत्यु भएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार आन्ध्र प्रदेशको कृष्णा जिल्लामा ५५ वर्षका ती उपभोक्ताको हृदयाघातका कारण मृत्यु भएको हो ।

जानकारी अनुसार संबैया नामका ती उपभोक्ता जिल्लाको गुडीवाला इलाकामा राज्य सरकारद्वारा सस्तो मूल्यमा बेचिएको प्याज किन्न लाइनमा उभिएका थिए । त्यही समयमा उनलाई हृदयाघात भयो । संवैयालाई तत्काल अस्पताल लगिएकोमा अस्पतालमा उनलाई मृत घोषित गरिएको हो ।

विपक्षी दल तेलुगु देशम परिषदले यो विषयलाई राज्यको संसदमा उठाउन चाहेको थियो तर यसको अनुमति दिइएन । अनुमति नदिइएपछि तेदेपका अध्यक्ष एन चन्द्रबाबु नायडुले मिडियासँग सरकार यस विषयमा बयान दिनबाट किन बचिरहेको छ भनेर प्रश्न गरेका थिए । यो राज्यमा प्याजको मूल्य ११० देखि १६० रुपैयाँ प्रतिकिलो छ । यहाँ राज्य सरकारले २५ रुपैयाँ किलोको मूल्यमा प्याज बेचिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *