उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा

डिसी नेपाल
२७ मंसिर २०७६ १०:३३

काठमाडाैं। पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ। बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। देशको पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ, उनले भने।

पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ। पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ। राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने छ। आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ।
–––




प्रतिक्रिया

One thought on “उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा

  1. अस्ति समाचार पढेको :- नेपाल ले , येती राजश्व उठायो , उति राजश्व उठायो। उठेयो भनेर। पहिला हामीले राजश्व नतिर्ने , चोर्ने , छलने , वास्ता नगर्ने , गर्थयो। यस्तो को पनि राजश्व तिरने भन्ने। अब हामीले पनि लागने राजश्व , जति राजश्व लाग्छ तिरने हो। नेपाललाई जाने कुरो। तेहि नेपालमा बसन परनि , उधारो बसने , गिरने ??? त्यस्तो खराब नगर्ने। कति लाग्छ , लागेको , लागने राजश्व तिरने हो । धर्तीले , माटो ले पनि सहदैन रे , भन्नि भनाई नै। कसैले चोरेर खान्छ भन्दैमा , आफुले नतिर्नी कुरो भएन। खाए खाऊस बरु। हामीले तिरने हो तिरछौं , आफुले गर्न परनि काम गर्नी हो । गिरेर जानेले , चोरेर खान्छ भन्दैमा नतिर्ने कुरो पनि भएन। नेपाललाई तिरेको राजश्व सबै चोरेर पनि खाँदैनं नि त

Leave a Reply

Your email address will not be published. Required fields are marked *