च्याम्पियन्स लिगः म्यान्चेस्टर सिटी मूल्यवान, युभेन्टस बुढो र लेपजेग सबैभन्दा युवा टिम

डिसी नेपाल
२७ मंसिर २०७६ १४:४७

काठमाडौं। च्याम्पियन्स लिगको समूह चरणका सबै खेल सकिएका छन् र नकआउट चरण पुग्ने १६ टिमको टुंगो लागेको छ । अपेक्षा गरिएअनुसार युरोपका टप ५ लिगका धेरैजसो ठूला टिमले नकआउट चरणमा स्थान बनाएका छन् । इटलीको क्लव अटलान्टाले पहिलो पटक नकआउट चरणमा स्थान बनाउँदा सिरी एको शीर्ष टिम इन्टर मिलान भने बाहिरिएको छ ।

इङल्याण्ड र स्पेनका सबैभन्दा धेरै ४–४ टिम नकआउट चरण पुगेका छन् । जर्मनी र इटलीका ३–३ टिम, फ्रान्सका २ टिम नकआउट चरणमा पुगेका छन् । प्रि क्वाटर फाइनलको ड्र १६ डिसेम्बरमा सार्वजनिक हुनेछ । यो ड्रपछि प्रि क्वाटरफाइनलमा कुन कुन टिमबीच भिडन्त हुन्छ भन्ने तय हुनेछ । अन्तिम १६ को पहिलो लेगका खेलहरु फेब्रुअरी र दोस्रो लेगका खेलहरु मार्चमा हुनेछन् ।

नकआउट चरण पुगेका १६ टिमहरुमध्ये इङल्याण्डको क्लव म्यान्चेस्टर सिटी अहिले सबैभन्दा मूल्यवान क्लव छ । यसको मूल्य ४.८ बिलियन डलर छ । पेरिस सेन्ट जर्मेनका खेलाडी किलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी हुन् । जर्मन क्लव आरबी लिपजिग सबैभन्दा युवा टिम छ भने इटलीको क्ल्व युभेन्टस सबैभन्दा बुढो टिम छ ।

सबैभन्दा युवा टिमको औसत उमेर

१. आरबी लिपजिगः २४.१ वर्ष

२. लियोनः २४.४ वर्ष

३. रियल मड्रिडः २४.९ वर्ष

४. पीएसजीः २५.१ वर्ष

५. बोरुसिया डर्टमण्डः २५.२ वर्ष

सबैभन्दा बुढो टिमको औसत उमेर

१. युभेन्टसः ३०.१ वर्ष

२. भ्यालेन्सियाः २९.३ वर्ष

३. म्यान्चेस्टर सिटीः २८.५ वर्ष

४. एटलान्टाः २८.४ वर्ष

५. बार्सिलोनाः २८.४ वर्ष

सबैभन्दा मूल्यवान टिमः

१. म्यान्चेस्टर सिटीः १.४५ बिलियन डलर

२. रियल मड्रिडः १.३३ बिलियन डलर

३. लिभरपुलः १.३२ बिलियन डलर

४. बार्सिलोनाः १.३२ बिलियन डलर

५. पीएसजीः १.१७ बिलियन डलर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *