भारतीय क्रिकेटर रोहित शर्मा स्पेनको फुटबल लिग ला लिगामा अनुबन्ध !

डिसी नेपाल
२७ मंसिर २०७६ १५:०७

काठमाडौं। भारतीय क्रिकेटर रोहित शर्मा स्पेनको फुटबल लिग ला लिगामा अनुबन्ध भएका छन् । यससँगै रोहित ला लिगामा अनुबन्ध हुने पहिलो गैर फुटबलर खेलाडी बनेका छन् । ला लिगाले बिहीबार भारतमा एक कार्यक्रमको आयोजना गरी रोहितलाई भारतमा आफ्नो ब्राण्ड एम्बेसेडर बनाएको हो । यो जिम्मेवारी पाउने रोहित विश्वमै पहिलो गैर फुटबलर हुन् । ला लिगामा अनुबन्ध भएपछि रोहितले ट्वीटरमा लेखेका छन् ‘मेरो मनमा फुटबलको लागि खास स्थान छ । त्यसैले यो अनुबन्ध मेरो लागि खास छ ।’

उनले अगाडि लेखे ‘ला लिगाको एम्बेसेडर बनेर विनम्र महसुस गरिरहेको छु । विगत ५ वर्षमा भारतमा फुटबलको लोकप्रियता बढेको छ । यसको श्रेय फ्यानका साथै खेलसँग जोडिएका व्यक्तिहरुले पाउनुपर्छ । व्यक्तिगत रुपमा मेरो लागि यो लिगको साथ फुटबलको यो सफर रोचक हुनेछ । म यसको माध्यमबाट भारतीय फ्यानसँग जोडिँदा रोमाञ्चित छु ।’

ला लिगाले एक ब्राण्डको रुपमा आफ्नो पहिचान बलियो बनाउन २०१७ मा भारतमा औपचारिक रुपमा प्रवेश गरेको थियो । यी दुई वर्षमा भारतमा फुटबल बढाउन फुटबल स्कुलहरु खोलेको छ । साथमा भारतीय दर्शकलाई निःशुल्क लिगका तीन हजार खेल देखाउन अहम कदम उठाएको थियो ।

भारतमा लिगका म्यानेजिङ डाइरेक्टर जोस एन्टोनियोले यस अवसरमा भने ‘विश्वव्यापी दृष्टिकोणले भारत ला लिगाको लागि ठूलो बजार हो । हामी २०१७ मा यहाँ आएका थियौं ताकि देशको नाडीलाई राम्रोसँग बुझ्न सकौं । यस अवधिमा हामीले बुझ्यौं कि भारतमा फुटबलको लागि प्रेम छ र क्रिकेटर रोहित यसका उदाहरण हुन्। उनी निकै लोकप्रिय क्रिकेटर हुन् र ला लिगाका पनि ठूला फ्यान हुन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *