टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

डिसी नेपाल
२८ मंसिर २०७६ १४:५०

अङ्कारा। टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन् । हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए ।

त्यसपछि हालै मात्र नयाँ पार्टी खोलिएको उनले घोषणा गरेका हुन् । सो नयाँ पार्टीको नाम ‘फ्युचार’ रहेको डाभुटोग्लुलले शुक्रबार घोषणा गरेका हुन् । “यो फ्युचर पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,” पार्टी घोषणा समारोहमा उनले भने । विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी घोषणा भएको पनि उनले बताएका छन् । देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व विदेशमन्त्री समेत रहेका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बनेका थिए । उनी टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *