बम विष्फोटमा मारिएका प्रहरी निरीक्षक दाहाललाई बाबुले दिए मुखाग्नी

डिसी नेपाल
२८ मंसिर २०७६ १९:५६

काठमाडौं। धनुषामा भएको बम विष्फोटमा परी ज्यान गुमाएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको शनिबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले स्व दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा स्व। दाहालका परिवारजन एवं आफन्तजनले समेत स्व. दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रहरी निरीक्षक स्व. दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिए।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका – ५ कुचियाही टोलमा शुक्रबारराति बम विस्फोट हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा निधन भएको थियो।

संखुवासभामा जन्मिएका प्रहरी निरीक्षक दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ कृष्णनगरमा बस्दै आएका थिए। स्व दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *