घाँस काट्न गएका बालकको करेन्ट लाग्दा मृत्यु

दैलेख। करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका– ४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए।
जङ्गलमा सालको रुखमा घाँस काट्न गएका बेला बिजुलीको तार छोएपछि करेन्ट लागेको र बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment