बायर्नको ६–१ को फराकिलो जितमा कोटिन्होको ह्याट्रिक, तालिकाको चौथो स्थानमा उक्लियो

डिसी नेपाल
२९ मंसिर २०७६ ९:०५

काठमाडौँ । जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा बायर्नले वेरडेर ब्रेमेनलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा फिलिप कोटिन्होले ह्याट्रिक गरेका छन् । त्यस्तै रोबर्ट लेवान्डोस्कीले २ गोल गरे भने थोमस मुलरले एक गोल गरेका थिए । त्यस्तै वेरडेरका लागि एक गोल मिलोट राशीकाले गरेका थिए ।

जर्मनी लिगमा लगातार दुईखेलमा हार बेहोरेपछि तेस्रो खेलमा बायर्नले जित हासिल गरेको छ । यो जितपछि बायर्न लिगको चौथो स्थानमा उक्लिएको छ । बायर्नको १५ खेलमा २७ अंक भएको छ । त्यस्तै वेरडेरको भने १५ खेलमा १४ अंक छ भने लिगको १५औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *