हैदराबादमा डाक्टरपछि लगातार २ बलात्कार, पछिल्लो शिकार १४ वर्षकी बालिका
हैदराबाद। हैदराबादमा महिला डाक्टरलाई बलात्कारपछि हत्याको घटना निकै चर्चामा रह्यो । यो घटनाको देशैभरी विरोध भएको थियो । पुलिसले चारैजना आरोपीलाई पक्राउ गरेपछि घटनास्थलमै इन्काउन्टरमा मारिदियो । यो घटनापछि यहाँ यसप्रकारका अपराध गर्नेहरुमा डर पैदा हुने आशंका गरिएको थियो । तर, त्यस्तो हुन सकेन ।
डाक्टरको बलात्कारपछि यहाँ एक अटोरिक्शा ड्राइभरले १८ वर्षकी युवतीलाई सहयोग गर्ने नाममा बलात्कार गरे । आफ्नी १० वर्षकी बहिनीसँग रहेकी ती युवतीले बाटो बिर्सिएकी थिइन् । उनलाई बाटो देखाइदिने नाममा आरोपी अटोरिक्शा ड्राइभरले उनलाई लजमा लगेर १० वर्षकी बहिनीकै अगाडि बलात्कार गरेका थिए ।
लगत्तै बलात्कारको अर्को घटना भएको छ । पछिल्लो घटनामा पीडित १४ वर्षकी बालिका छिन् । पुलिसले आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ तर आरोपी फरार छन् । पुलिसले उनको खोजी गरिरहेको जनाएको छ । जानकारीअनुसार आरोपी पीडित बालिकाका छिमेकी हुन् ।
Facebook Comment