लागूऔषधको अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास, २१ अर्ब मूल्यको ड्रग्स जफत, ९ जना पक्राउ
काठमाडौं। लागू औषधको अन्तर्राष्ट्रिय कारोबार गर्ने एक ठूलो गिरोहको पर्दाफास भएको छ । यो गिरोहबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ । बरामद भएको लागूऔषधको कूल मूल्य २१ अर्ब नेपाली रुपैयाँ बराबर पर्ने बताइएको छ । साथमा यो गिरोहका ९ सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेहरु ५ जना भारतीय नागरिक १ जना अमेरिकन, २ जना नाइजेरियन र १ जना इण्डोनेशियन रहेको बताइएको छ ।
आज तकको समाचार अनुसार भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोको विशेष टिमले लामो प्रयासपछि यति ठूलो सफलता हात पारेको हो । यो गिरोहले अस्ट्रेलियाबाट भारत आपूर्ति गर्न लागेको ठूलो परिमाणमा लागूऔषध जफत गरिएको छ । यो लागूऔषध भारत आएपछि साना तस्करहरुबाट तस्करी हुँदै नेपालसम्म आउने गरेको छ । यो गिरोहको नेटवर्क अन्तर्राष्ट्रिय रुपमा कैयौं देशहरुसम्म फैलिएको बताइएको छ ।
आरोपीहरुसँगबाट भारतमा २० किलो कोकिन तथा अस्ट्रेलियामा ५५ किलो कोकिन र २ क्विन्टल मेथाफेटामाइन जफत गरिएको छ । यो सिण्डिकेटको नेटवर्क भारतमा दिल्ली, पंजाब, उत्तराखण्ड, महाराष्ट्र र विदेशमा अस्ट्रेलिया, क्यानडा, अमेरिका, इण्डोनेशिया, श्रीलंका, कोलम्बिया, मलेशिया र नाइजेरियासम्म फैलिएको छ । भारतमा जफत भएको लागूऔषधको मूल्य १ अर्ब भारतीय रुपैयाँ र अस्ट्रेलियामा जफत भएको लागूऔषधको मूल्य १२ अर्ब भारतीय रुपैयाँ भएको बताइएको छ । यी दुवैको कूल मूल्य नेपाली रुपैयाँ २१ अर्बजति हुन्छ ।
Facebook Comment