महानगरका सडक मानव मुक्त अभियानको घोषणा

डिसी नेपाल
२९ मंसिर २०७६ १३:४४

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताएका छन्।

२५ औं महानगर दिवसका अवशरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताएका हुन्। विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पूर्ननिर्माणको काम एक वर्ष ढिलागरि सुरु भएको उनले बताए। मेयर शाक्यले आफूले निर्वाचनका समयमा जाहेर गरेका प्रतिवद्धता सबै नभएपनि धेरै काम भएको बताए।

‘केही काम गर्न पनि बाँकी छन्। त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन्। अन्य पार्टीले घोषणा गरेका राम्रा कुराहरु आफ्नै बनाएर लागु गरिरहेका छौँ’, उनले भने।

२५ औं महानगर दिवसका अवशरमा सडकमानव मुक्त अभियानको घोषणा गरिएको छ। महानगर स्थापना भएको दिनको सम्झनामा भएको कार्यक्रममा सडकमानव मुक्त अभियानको घोषणा गरिएको हो।

उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताइन्। अबको स्थानीय तहमा वडाध्यक्ष, उपप्रमुखमा मात्रै सिमित भएर विकास सम्भव नभएको भन्दै उनले स्थानीय तहको प्रमुख र अरु संवैधानिक निकायहरुमा महिलाहरुको सहभागिता महत्वपूर्ण रहने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *