छक्का बर्साउने मेसिनजस्ता ‘बुमबुम आफ्रिदी’को नाममा लेखियो क्रिकेटको लाजमर्दो रेकर्ड

डिसी नेपाल
२९ मंसिर २०७६ १४:१२

इस्लामाबाद। पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान तथा दिग्गज अलराउण्डर शाहिद आफ्रिीदीको नाममा क्रिकेट इतिहासमा लाजमर्दो रेकर्ड बनेको छ । क्रिकेटमा छक्का बर्साउने भएका कारण बुमबुम आफ्रिदी भनिने उनले अन्तर्राष्ट्रिय क्रिकेट र लिग क्रिकेट गरी १०० पटक डकआउट (शून्य रनको स्कोरमा आउट) हुँदै डकआउटको शतक बनाएका छन् । ढाका प्रिमियर लिगमा खेल्ने क्रममा आफ्रिदी सयौं पटक शून्य रनको स्कोरमा आउट भएका हुन् ।

बंगलादेश प्रिमियर लिगमा शुक्रबार आफ्रिदी ढाका प्लाटुन्सका लागि खेल्ने क्रममा राजशाही रोयल्सविरुद्ध खाता खोल्न नसकी शून्यमा आउट भएका हुन् । यससँगै उनको नाममा लाजमर्दो रेकर्ड बताए भएको हो । पाकिस्तानको अखबार द एक्सप्रेस ट्रिब्युनले आफ्रिदीको यो रेकर्डबारे रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टअनुसार आफ्रिदी अन्तर्राष्ट्रिय क्रिकेटमा कूल ४४ पटक शून्यमा आउट भएका छन् ।

लालाको नामबाट समेत चर्चित आफरिदी एकदिवसीयमा ३० पटक, टस्टमा ६ पटक र टि–२० अन्तर्राष्ट्रियमा ८ पटक शून्यमा आउट भएका थिए । बाँकी ५६ पटक उनी फर्स्ट क्लास, लिस्ट ए र टि–२० मा शून्यमा आउट भएका हुन् । एकदिवसीयमा सबैभन्दा धेरै पटक शून्यमा आउट हुने खेलाडी श्रीलंकाका पूर्वकप्तान तथा दिग्गज अलराउण्डर सनथ जयसूर्या हुन् । उनी ३४ पटक शून्यमा आउट भएका छन् । आफ्रिदी र जयसूर्या दुवैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *