चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ।
५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।
आईतबार साँझ कीर्तिपुरमा आफन्त भेट गरेर फर्केका भट्टराई अकस्मात बेहोस भएपछि चावहिल स्थित ओम अस्पताल पुर्याइएपनि अस्पताल ल्याउनुअघि नै भट्टराईको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।
३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका भट्टराईका विभिन्न टेलिशृखलाहरुसँगै आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, ब्रासलेट, यात्रा, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गरेका थिए ।
भट्टराईको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन्।
Facebook Comment