स्थायी समितिमा प्रचण्डको प्रतिवेदन पश्चिमा देशहरुप्रति आक्रामक

डिसी नेपाल
३० मंसिर २०७६ ८:१०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिमा देशहरुले जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिक विद्वेष र द्वन्द्व सिर्जना गरी राष्ट्रिय एकता र स्वाधिनतालाई समाप्त पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

एक बर्षपछि पहिलोपल्ट हिजो आइतबार बसेको नेकपाको स्थायी समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । पश्चिमा देशहरु भन्नाले अमेरिका र युरोपका देशहरुलाई बुझाइन्छ ।

उनले कुन कुन देशले कसरी यस्तो षड्यन्त्र गरेका छन् भन्ने कुरा चाहिँ प्रतिवेदनमा उल्लेख गरेका छैनन् । देशको नाम उल्लेख नगरी उनले आयातमा कडा भन्सार नीति लागू गरेर यी देशहरुले संकीर्ण राष्ट्रिय अहंकारवादको पक्षपोषण गरेको आरोप पनि लगाएका छन् ।

देशको नाम उल्लेख नगरी उनले आयातमा कडा भन्सार नीति लागू गरेर यी देशहरुले संकीर्ण राष्ट्रिय अहंकारवादको पक्षपोषण गरेको आरोप पनि लगाएका छन् ।

बिगतमा विस्तारवादको आरोप लगाइँदै आएको छिमेकी मुलुक भारतबारे भने उनको प्रतिवेदनमा आक्रामक शब्दावलीको प्रयोग गरिएको छैन । बरु, हालै जारी सीमा विवादबारे उनले सरकारले आफ्नो धारणा भारतसँग स्पष्ट पारिसकेको भन्दै भारत र चीनको विकासबाट नेपालले लाभ लिनुपर्ने कुरा उल्लेख गरेका छन् ।

उनले ‘चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), एशियाली पूर्वाधार विकास बैंक, चीन,रुस,ब्राजिल, दक्षिण अफ्रिका र भारतका बीचको ब्रिक्सलाई पश्चिमा शक्तिबीचको सचेत पहल’ भनेका छन् । प्रतिवेदनमा उनले पार्टी र सरकारका तर्फबाट राजनैतिक र कुटनीतिक सम्बादमार्फत भारत सरकारसँग हालै जारी नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन र नेपाली भूमि फिर्ता लिन पहल शुरु गरिसकेको उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *