प्रजातन्त्र सेनानी नायकको निधन

डिसी नेपाल
३० मंसिर २०७६ ९:५३

जनकपुरधाम । वि.स. २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज विहान निधन भएको छ।

पछिल्लो समय उनी धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएका थिए ।

स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली काँग्रेसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी विसं २०१८ र २०४५ मा जेल परेका थिए ।

उनी जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत थिए ।

उनका दुई छोरा र दुई छोरी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *