रोनाल्डोले २ गोल गरेर जितेपछि शीर्षमा पुगेको युभेन्टसको अग्रता केही घण्टा पनि टिकेन
काठमाडौँ। इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्टसले जीत निकालेको छ । गएराती भएको खेलमा युभेन्टसले उडिनेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । यद्यपि युभेन्टस लिगको अंक तालिकाको शीर्ष स्थानमा पुग्न भने सकेन ।
युभेन्टसको लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल र लियोनार्दो बोनुसीले एक गोल गरे । उडिनेसका लागि एक गोल इग्नासियो पुसेटोले गरेका थिए । रोनाल्डोले खेलको ९ र २७ औ मिनेटमा गोल गरेका थिए भने बोनुचीले खेलको ४५ औ मिनेटमा गोल गरेका थिए । उडिनेसले खेलको अन्तिम मिनेटमा गोल गरेको थियो ।
यो जीतपछि युभेन्टस १६ खेलमा ३९ अंकसहित शीर्ष स्थानमा उक्लिएको थियो । तर यसको केही समयमै अर्को खेलमा इन्टर मिलान हारबाट जोगिएपछि इन्टर मिलान फेरि शीर्षमै फर्किएको छ । इन्टर मिलानको पनि १६ खेलमा ३० नै अंक छ र गोल अन्तरको अधारमा युभेन्टसभन्दा अगाडि छ । उडिनेसको भने १६ खेलमा १५ अंक छ भने लिगको १७औ स्थानमा छ ।
Facebook Comment