पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पिएनशिप-२०१९ दिल्ली आयोजना हुँदै

डिसी नेपाल
३० मंसिर २०७६ १२:०३

नयाँ दिल्ली। पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पिएनशिप-२०१९ आयोजनाको पूर्व तयारीका विषयमा जानकारी दिन आइतबार भारतकाे राजधानी नयाँ दिल्लीमा पत्रकार सम्मेलनकाे अायाेजना गरिएकाे छ।

तीन दिनसम्म चल्ने टी-20 क्रिकेट च्याम्पिएनशिप-२०१९ यही डिसेम्बेर १९, २० र २१, २०१९ मा विनय मार्ग इस्पोर्ट कंप्लेक्स, विनय मार्ग, चानक्यपुरी, नयाँ दिल्लीमा आयोजना गरिने मदन भंडारी इस्पोर्ट एकेडमी इन्डियाका प्रवास इंन्चार्ज गोपाल थापाले बताए।

मदन भण्डारी फाउंडेशन अंन्तर्गत संचालित मदन भण्डारी इस्पोर्ट एकेडमी नेपालले छिमेकी राष्ट्र भारतमा वैधानिकता पाएसँगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आएको छ। खेल प्रति अभिरूची भएका तर खेल्ने वातावरणबाट वञ्चित प्रवासी खेलप्रेमीलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याऊने र सहज खेल वातावरणको सिर्जना गर्ने उदेश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाको स्थापना गरिएको हो।

खेल र खेलाडीको लागि उच्च सम्मान गर्दै आफ्नो खेल संचालनले छोटो समयमा नै धेरै उपलब्धि हासिल गरीरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरुसँग इंडो-नेपाल मैत्रीपूर्ण खेलहरु सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भण्डारी इस्पोर्ट एकेडमी इंडिया अधिकारिक खेल सस्थाको रुपमा स्तफित भएको हो।

मदन भण्डारी स्पोर्ट एकेडमी इन्डियाले इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पूर्व तयारी स्वरुप आफ्नो पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पिएनशिप-२०१९ यहि डीसेम्बेर १९, २० र २१, २०१९ का दिन सम्पन्न पार्न गइरहेको छ। प्रेस मिट कार्यक्रममा भ्रमण वर्ष-२०२० को लोगोलाइ समेत खेलाडीहरुका ड्रेस, व्यानर र पोस्टरमा समेत छपाएर बिशेस महत्वका साथ प्रचार प्रसार गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *