नागरिकता ऐनले भारतभर हंगामा, प्रियंका गान्धी बसिन् धर्ना

डिसी नेपाल
३० मंसिर २०७६ १७:४१

नयाँ दिल्ली (एजेन्सी) । भारत सरकारले हालै नागरिकता ऐन संशोधन गरेको विरोधमा सोमबार भारतभर प्रदर्शनहरु भएका छन् । आइतबार दिल्लीको जामिया मिलया इस्लामिया विश्व विद्यालयमा प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेपछि नागकिरता ऐन संशोधन विरोधको आन्दोलन देशभर फैलिएको हो । काँग्रेस आईकी नेतृ प्रियंका गान्धी इस्लामियामा विद्यार्थीमाथि भएको कुटपिट र नागरिकता ऐन संशोधनको विरोधमा इण्डिया गेटमा धर्नामा बसेकी छन् ।

आइतबार दिल्ली प्रहरीले स्लामियाका विद्यार्थीमाथि विश्वविद्यालय भित्रै गएकार निघार्त कुटपिट गरेको थियो । इस्लामियाका विद्यार्थीहरुले भारत सरकारले हालै विवादास्पदक नागरिकता ऐन संशोधन गरेपछि त्यसको विरोधमा प्रर्दशन गरेका थिए । प्रदर्शनका क्रममा दिल्लीमा केही सवारी साधानमाथि आगजनी भएको थियो । त्यसपछि प्रहरीले विश्वविद्यालयमा घुसेको थियो । प्रहरीले विद्यार्थीमाथि गरेको ज्यादतीको विरोधमा सोमबार इस्लामिएका विद्यार्थीले दिल्लीको चिसोको प्रवाह नगरी कपडा खोले प्रदर्शन गरेका थिए । दिल्ली प्रहरीले गरेको ज्यादतीका भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल बनेका छन् ।

इस्लामियाका विद्यार्थीहरुप्रति ऐक्यवद्धता जनाउँदै वारणसीको हिन्दु विश्वविद्यालयदेखि तेलंगानाको हैदरावास्थित उर्दु विश्वविद्यालयका विद्यार्थीले सोमबार प्रदर्शन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै कोलकाता, उत्तरप्रदेश, मध्यप्रदेश, दिल्ली, मणिपुर, त्रिपुरा, असमलगायतका राज्यहरुमा सोमबार प्रदर्शन भएको छ । देशभर प्रदर्शन भएपछि सरकारले प्रदर्शनकारीमाथि दमनसमेत गरेको छ । सरकारले प्रदर्शन भएका स्थानहरुमा इन्टरनेट सेवा अस्थायीरुपमा बन्द गरिदिएको छ ।

नागरिकता ऐन संशोधनको सबैभन्दा धेरै विरोध भारतका पूर्वीत्तोर राज्यहरु असम, मणिपुर, त्रिपुरा र पश्चिम बंगालमा भएको छ । दिल्ली, मध्यप्रदेश, उत्तरप्रदेश, तेलंगनालगायतका राज्यहरुमा मुस्लिम संगठनहरुले विरोध गरिरहेका छन् । असमको गुवाहाटीमा भएको नागरिकता ऐन संशोधन विरोधी प्रदर्शनका क्रममा कम्तिमा ६ जनाको मृत्यु भइसकेको छ ।

त्यहाँ प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको थियो । उता आइतबार र सोमबार गरेर देशभरमा सयौं प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तारसमेत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विपक्षीको विरोधका वाबजुद केन्द्र सरकारले नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गराएको थियो । सो संशोधनमा बांगलादेश, अफगानिस्तान र पाकिस्तानबाट आउने गैर मुस्लिमहरुलाई भारतले नागरिकता दिने विवादास्पद व्यवस्था गरिएको छ । जसले गर्दा मुस्लिमहरु आफुमाथि अत्याचार भएको भन्दै प्रर्दशनमा छन् । उता पूर्वी उत्तर राज्यहरुमा हालै सरकारले जारी गरेको राष्ट्रिय परिचय रजिष्ट्री (एनआरसी)मा छुटेकाहरुका विषयमा यो नागरिकता ऐन संशोधनले केही बोलेको छैन । नेपाली भाषी र मुस्लिमबारे संशोधन नबोलेपछि एनआरसीमा छुटेका नेपाली भाषी र मुस्लिमले नागरिकता नपाउने तर, अन्य धर्मावलम्बीहरुले नागरिकता पाउने देखिएपछि त्यहाँ प्रदर्शनहरु भएका हुन् ।

प्रमुख विपक्षी पार्टी काँग्रेस आईले नागरिक ऐन संशोधन भारतीय संविधान विरोधी भएकोसमेत बताएको छ । संविधानले सबै नागरिकतालाई बराबर भने पनि यो संशोधनले धर्मका नाममा विभेद गरेको उसको तर्क छ । यही जिकिर गर्दै भारतीय सर्वोच्च अदालतमा रिटसमेत परेका छन् । नागरिकता संशोधन ऐनमा बांगलादेश र पाकिस्तानले कडा टिप्पणी गरेका छन् भने अफगानिस्तान र नेपालले केही बोलेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *