विद्या भट्टराईलाई उपसभामुख तुम्बाहाम्फेले शपथ ग्रहण गराउने

डिसी नेपाल
३० मंसिर २०७६ १९:४५

काठमाडौं। उपनिर्वाचनमाफर्त प्रतिनिधिसभामा निर्वाचित भएकी नेकपा सांसद विद्या भट्टराईले उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट शपथ ग्रहण गर्ने भएकी छन्।

मंगलबार दिउँसो शपथ ग्रहणको कार्यक्रम तय गरिएको संसद सचिवालयले जानकारी दिएको छ। उपसभामुखले शपथ ग्रहण गराउन मिल्नेकी नमिल्ले अन्यौल रहेका बेला कानूनविद्हरुसँगको परामर्शपछि उपसभामुख तुम्बाहाम्फेले शपथ ग्रहण गराउने निर्णय लिएकी हुन्।

कानून विद्हरुले कानून बमोजिम सभामुख नभएको अवस्थामा उपसभामुखले शपथ ग्रहण गराउने सक्ने राय दिएपछि नवनिर्वाचित सांसद भट्टराईले मंगलबार शपथ ग्रहण गर्ने मौका पाएकी हुन्। यसअघि सभामुख चयनपछिमात्र उनले शपथ ग्रहण गर्ने चर्चा थियो।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका थिए। उनी हाल पुर्पक्षका लागि जेलमा छन्।

भट्टराई मंसिर १४ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनका श्रीमान तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ मा उपनिर्वाचन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *