प्रेमीको गुप्तांग काटिदिने प्रेमिकालाई १० वर्षको जेल सजाय

डिसी नेपाल
१ पुष २०७६ १०:३४

काठमाडौं। एक महिला डाक्टरका पूर्व प्रेमीले अर्कै महिलासँग बिहे गरेपछि ती महिला डाक्टर यतिसम्म रिसाइन् कि उनले पूर्वप्रेमीलाई आफ्नो क्लिनकमा बोलाएर उनको गुप्तांग नै काटिदिइन् । भारतको कर्नाटकको बैंगलोरकी ती महिलालाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । सन् २००८ को यो घटनामा अदालतले अहिले अन्तिम फैसला गरेको आज तकको समाचारमा उल्लेख छ

सइदा अमिदा नहीम नामकी ती महिला दाँतकी डाक्टर थिइन् । उनले एक व्यत्तिःसँग प्रेम गर्थिन् तर पछि कुनै कुरामा विवाद भएपछि उनीहरुको सम्बन्ध टुटेको थियो । त्यसपछि प्रेमीले अर्कै महिलासँग बिहे गरे । यो कुराले महिला डाक्टरलाई यतिसम्म रिस उठ्यो कि उनले आफ्ना पूर्वप्रेमीसँग बदला लिने सोच बनाइन् र आफ्नो क्लिनिकमा भेट्न बोलाइन् ।

जब उनका प्रेमी भेट्न आए महिला डाक्टरले उनलाई नशालु पदार्थ मिसाइएको जूस पिउन दिइन् । पूर्वप्रेमी बेहोस भएपछि महिला डाक्टरले उनको गुप्तांग काटेर नालीमा बगाइदिइन् । जब प्रेमीलाई होस आयो उनलाई पीडा हुन थाल्यो । उनले शरीरबाट रगत बगिरहेको देखे । पूर्वप्रेमी आत्तिएको देखेपछि महिला डाक्टर डराइन् र पूर्वप्रेमीलाई स्क स्थानीय अस्पतालमा भर्ना गराएर त्यहाँबाट हिँडिन् ।

महिला डाक्टर सइदा ती व्यक्तिसँग त्यतिबेलादेखि सम्बन्धमा थिइन् जतिबेला उनी मैसुरमा बस्थिन् । तर, उनका प्रेमीले उनीसँग छुट्टिएपछि अर्की महिलासँग बिहे गरे जुन कुरा सइदालाई मन परेन । उनले आफ्ना पूर्वप्रेमीलाई खोजिन् र उनीसँग बदला लिनको लागि उनको गुप्तांग काटिदिइन् । ११ वर्षसम्म अदालतमा चलिरहेको यो मुद्दामा जिल्ला अदालतले अहिले आएर महिला डाक्टरलाई यो अपराधको लागि १० वर्षको जेल सजाय र २ लाख जरिवानाको सजाय सुनाइन् । -एजेन्सीको सहयोगमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *