चलचित्र निर्माता सुशील पोखरेललाई मातृशोक

डिसी नेपाल
१ पुष २०७६ ११:४८

काठमाडौं। चलचित्र निर्माता सुशील पोखरेललाई मातृशोक परेको छ। उनकी आमा भीमकुमारीको मंगलबार बिहान ७२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धित गर्दै चलचित्र वितरक गोपाल कायस्थले जानकारी दिए।

मृतक भीमकुमारी लामो समयदेखि दमको बिरामी थिइन्। उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ।

सुशीलले ‘जीवनदाता’, ‘मैदान’ ‘जय शिव शंकर’, ‘राधे’, ‘यात्रा’ लगायतका चलचित्र निर्माण गरेका छन्। उनी चलचित्र निर्माता निर्माता समाजका कोषाध्यक्ष तथा चलचित्र वितरण कम्पनी ‘एफडी’का संचालक समेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *