दक्षिण अफ्रिकी पूर्वकप्तान एबी डिभिलियर्सले सन्यास फिर्ता लिने !

डिसी नेपाल
१ पुष २०७६ १६:००

काठमाडौं। दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विष्फोटक ब्याट्सम्यान एबी डिभिलियर्सले सन्यास फिर्ता लिएर छिटै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने सम्भावना बलियो रहेको अहिलेका कप्तान फाफ डुप्लेसिसले बताएका छन् । डुप्लेसिसका अनुसार उनको कमब्याकका विषयमा विगत २–३ महिनादेखि छलफल चलिरहेको छ । उनी दक्षिण अफ्रिकाको अर्को टि–२० सिरिजअघि टिममा फर्कन सक्छन् । डुप्लेसिसले सोमबार मजांसी सुपर टि–२० लिगको फाइनलपछि यसको जानकारी दिएका हुन् ।

उनले भने ‘अर्को वर्ष अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकपलाई दृष्टिगत गर्दै डिभिलियर्सलाई टिममा ल्याउने कोसिस जारी छ ।’ टिमका नयाँ मुख्य कोच मार्क बाउचरले हालै भनेका थिए कि उनी टिममा डिभिलियर्सलाई स्वागत गर्न पाउँदा खुसी हुनेछन् । डुप्लेसिसले अगाडि भने ‘टि–२० विश्वकप धेरै टाढा छेन । सिजनका क्रममा टिमलाई धेरै टि–२० खेल अन्तर्राष्ट्रिय म्याच पनि खेल्नु छैन । उनीसँग कुरा भएको छ । उनी अर्को अन्तर्राष्ट्रिय सिरिज सुरु हुनुभन्दा पहिले टिममा फर्कन सक्छन् ।’

डिभिलियर्सले २०१७ मा अस्ट्रेलियाविरुद्ध भएको टेस्ट सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । अहिले उनी संसारका अलग अलग देशमा भइरहेका टि–२० लिगमा मात्र खेलिरहेका छन् । दक्षिण अफ्रिका अब इङल्याण्डविरुद्ध घरेलु मैदानमा ३ टि–२० खेलको सिरिज खेल्दैछ । त्यसपछि १२ फेब्रुअरीदेखि २६ फेब्रुअरीको बीचमा उसले अस्ट्रेलियासँग ३ टि–२० को सिरिज खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *