सांसदको शपथ लिएपछि विद्या भट्टराईले भनिन् : चुनावमा गरेका बाचा पूरा गर्न लाग्छु

डिसी नेपाल
१ पुष २०७६ १६:४९

काठमाडौं। गएको मंसिर १४ गते भएको उपनिर्वाचनमा काँस्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईले मंगलबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेकी छन्।

तत्कालीन पर्यटनमन्त्री तथा विद्याका श्रीमान रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि रिक्त भएको कास्की २ मा उप निर्वाचन भएको थियो। सो निर्वाचनमा सत्तारुढ दल नेकपाले अधिकारीकी श्रीमती भट्टराईलाई उम्मेदवार बनाएको थियो।

चुनावमा नवनिर्वाचित सांसद भट्टराईले आफ्ना पति स्वर्गीय अधिकारीको सपना पूरा गर्ने बाचा गरेकी थिइन्। मंगलबार शपथ ग्रहणपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले चुनावमा आफुले गरेका बाचा पूरा गर्न क्रियाशील हुने बताइन्। उनले भनिन्, ‘प्रतिनिधिसभा सदस्यका हैसियतले संविधानले निर्दिष्ट गरेका कामहरु पूरा गर्न लाग्छु, र विकास निर्माण र नीति निर्माण पनि भूमिका खेल्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *