समृद्ध मुलुक बनाउन असल संस्कार आवश्यक : मन्त्री बस्नेत

डिसी नेपाल
१ पुष २०७६ १८:५२

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्ध मुलुक निर्माणका लागि असल संस्कार आवश्यक रहेको बताएका छन्। संस्कार समाज नेपालले आयोजना गरेको ‘हरेक महिना १ गते, एक घण्टा १ सय मिटर सरसफाई अभियानको शुभारम्भ’ कार्यक्रममा उनले असल संस्कारले मात्र मुलुकको विकास सम्भव रहेको बताए । मन्त्री बस्नेतले काम र मेहनत गर्ने मान्छेलाई सरकारले उच्च सम्मान गर्ने बताए ।

उनले असल संस्कार अभियान सरसफाइमा मात्र केन्द्रीत नभई गरिब तथा असहाय मानिसको सेवामा लाग्नुपर्ने बताए। “सबै व्यक्तिमा असल संस्कार भए मात्र वातावरणसमेत स्वच्छ बनाउन सकिन्छ,” मन्त्री बस्नेतले भने । अभियानमा सरकारको पूर्ण सहयोग रहने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले संस्कार समाज नेपालले छोटो समयमा समाजमा असल संस्कार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

विसं २०७५ मा स्थापना भएको सो समाजले जनचेनामूलक कार्यक्रम, सरसफाई, रक्तदान, बालबालिका तथा वृद्धवृद्धालाई सहयोगलगायतका सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष पशुपति गुरुङले जानकारी दिए । ‘हरेक महिना १ गते, एक घण्टा १ सय मिटर सरसफाई अभियान’मा अहिलेसम्म विभिन्न १८ सङ्घ संस्थाले ऐक्यबद्धता जनाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *