राष्ट्रपतिसँग कोइका अध्यक्षको शिष्टाचार भेट

डिसी नेपाल
१ पुष २०७६ १९:०८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का अध्यक्ष ली मिकयोङले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच लैङ्गिक मूलप्रवाहीकरण कार्यक्रमका माध्यमबाट महिला सशक्तीकरणका निम्ति नेपाल र कोरिया सरकारबीचको सम्भावित साझेदारीका साथै नेपाली नारीलाई गुणस्तरीय शिक्षा तथा आर्थिक अवसरहरू उपलब्ध गराउनेमा विचारविमर्श भएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको पुरानो मित्र कोरियाले यहाँको विकासका निम्ति गरेको सहायता तथा नेपाली युवालाई रोजगारी अनुमति प्रणालीअन्तर्गत रोजगारीका अवसर उपलब्ध गराएकामा आभार व्यक्त गरिन। भेटका बेला राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारी, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र कोइका नेपाल निर्देशक सुङ हुनलगायत उपस्थित थिए। कोइका अध्यक्ष ली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको साताव्यापी औपचारिक भ्रमणमा गत आइतबार काठमाडौँ आएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *