प्रिमियर लिगमा लगातार १७ खेलमा नहारेको लिभरपुलको लिग कपमा लज्जास्पद हार

डिसी नेपाल
२ पुष २०७६ ९:१४

काठमाडौँ । लिग कपको क्वाटरफाइनलमा लिभरपुलले लजास्पद हार बेहोरेको छ । लिभरपुलले उतारेको अहिलेसम्मकै सबैभन्दा कान्छो टिम मंगलबार लिग कपमा एस्टन भिल्लासँग ५-० ले पराजित भयो ।

एस्टन भिल्लाको जितमा जोनाथन काडजियाले दुई गोल गरे भने कोनोर हुरीहाने र वेस्ली कोराएसले एक एक गोल गरे । त्यस्तै एक गोल लिभरपुलका मोर्गन बोएजले आत्मघाती गोल गरेका थिए ।

जितपछि भिल्ला प्रतियोगिताको सेमिफाइनल पनि पुगेको छ । लिभरपुलका लागि यस खेलमा पाँच खेलाडीले डेब्यु गरेका थिए भने यस खेलमा टिमको औसत उमेर १९ वर्ष छ महिना र तीन दिन मात्र थियो ।

लिभरपुलको पहिलो रोजाइको टिम र प्रशिक्षक जोर्गन क्लोप क्लब वर्ल्डकप खेल्ने अहिले कतारमा रहेको हुनाले दोस्रो टिम लिग कपमा खेलेको थियो । लिभरपुलले बुधबार नै प्रतियोगिताको सेमिफाइनलमा मान्टेरेको सामना गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *