महिलालाई २–४ जनाले होइन पूरै ३५ जनाले सामूहिक बलात्कार गरेर भिडियो बनाए
काठमाडौं। सामूहिक बलात्कारको अत्यन्तै घृणित रुप देखिएको छ । एक महिलालाई २–४ जनाले होइन पूरै ३५ जनाले सामूहिक बलात्कार गरेका छन् । यतिमात्र होइन ती आरोपीहरुले उनलाई बलात्कार गर्दै गर्दाको आपत्तिजनक भिडियो पनि बनाएका छन् । उत्तर प्रदेशको बरेलीकी ती महिला न्यायको गुहार माग्दै पुलिसकहाँ पुगेको आज तकको समाचारमा उल्लेख छ ।
महिलाले बरेलीका एसपी (क्राइम)सँग बताएअनुसार सुरुमा ५ जनाले उनलाई बलात्कार गरेका थिए । उनहिरुले आपत्तिजनक भिडियो पनि बनाएका थिए । त्यसपछि ती आरोपीहरुले अन्य पुरुषहरुलाई पनि उनलाई बलात्कार गर्न पठाएका थिए । बलात्कारको घटना करिब १ वर्षसम्म चलिरह्यो । बरेलीका एसपी (क्राइम) रमेश कुमार भारतीले केंट थानालाई यसको थप अनुसन्धान गर्न आदेश दिएका छन् ।
पुलि अधिकारीका अनुसार उनको अफिस आएर एक महिलाले गम्भीर आरोपको उजुरी गरेकी हुन् । महिला आफ्ना पति र छोराछोरीको साथमा उजुरी दिन आएकी थिइन् । महिलाका पति मजदूरी गर्छन् । महिलाका अनुसार केही गाउँमा रवाफ भएका व्यक्तिहरुले सुरुमा उनलाई बलात्कार गरेका थिए । उनीहरु पानी पिउनको लागि भन्दै घरमा घुसेका थिए ।
महिलाका अनुसार बलात्कारका क्रममा उनी कैयौं पटक बेहोस हुन्थिन् । उनले चिच्याउन नपाउन् भन्नका लागि उनको मुखमा कपडा बाँधिन्थ्यो । यस क्रममा कैयौं पटक उनलाई मदिरा पनि पिलाइयो । महिलाले केही आरोपीको नाम बताएकी छिन् भने अन्यलाई अनुहार देखेमा चिन्ने बताएकी छिन् । आरोपीहरुले महिलालाई घटनाको बारेमा कसैलाई बताएमा उनका पति र छोराछोरीलाई मारिदिने र भिडियो इन्टरनेटमा भाइरल गरिदिने धम्की दिएका थिए । डरले अहिले महिलाको परिवार गाउँबाटै पलायन भएको छ ।
Culprits should be hang to till death.